राजगञ्ज: युवा तृणमूल कङ्ग्रेसको तर्फबाट आज माध्यमिक परीक्षार्थीहरूलाई कलम, पानी र फुल प्रदान गरियो। राजगञ्ज ब्लकको बिन्नागढी अञ्चल युवा तृणमूल कङ्ग्रेसको तर्फबाट आज आमबारी फालाकाटा चिन्तामोहन विद्यालयमा परीक्षा दिन आएका विद्यार्थीहरूलाई कलम, पानी र फुल प्रदान गर्दै शुभकामना दिए। यस विषयमा राजगञ्ज ब्लका युवा तृणमूल अध्यक्ष तुषार कान्ति दत्तले भने, माध्यामिक परीक्षार्थीहरूलाई शुभकामना दिनको लागि युवा तृणमूलको तर्फबाट विद्यार्थीहरूलाई कलम, पानी र फुल प्रदान गरिएको हो।