कोलकाताको कृषि व्यापार सम्मेलनमा पहाडका दुई उद्यमी मन्त्रणा र दुर्गा भुजेल सम्मानित

photocollage_202422143058100.jpg

मङ्पू: कोलकाताको सल्ट लेकमा आयोजित ‘कृषि व्यापार सम्मेलन २०२४’मा दार्जीलिङ पहाडी भेकको तकदाह खण्डको मङ्पू रेसेप ग्राम पंचायत बीचकमानबाट मन्त्रणा तामाङ र तकदाह लिङदेन बस्तीका दुर्गा भुजेललाई सुन्दरवन ड्रीम्सले एक कार्यक्रम बीच सम्मान जनाएको छ। सल्टलेकमा आयोजित कृषि व्यापार सम्मेलनमा मन्त्रणा तामाङले जैविक खेतीमा उब्जनी गरिएको अदुवा, सुन्तला अनि अन्य खाध्यन्न समाग्रीहरुको बिक्री अनि प्रदर्शनी राखेकी थिइन्। मनमा इत्छा शक्ति भए डुङ्गाको बीचमा फूल फुलाउनु सकिन्छ भन्ने उदाहरण मन्त्रणा तामाङले प्रस्तुत गरेकी छिन्। उनले सुन्दरवन ड्रिम्स मार्फत यहाँ उत्पादन गरिएको अदुवा, सुन्तला, कुचो साथै अन्य खाध्य समाग्रीहरु अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउनका साथै बिक्री गरिएकोमा नै बीच पश्चिम बंगालका एडिसनल चीफ सेक्रेटरी सुब्रत गुप्त र एवं प्रोजेक्ट सेक्रेटरी तापसकुमार घोषणाको बाहुलीबाट सम्मान जनाइएको हो। मन्त्रणा तामाङले यस सम्मानको साथमा मङ्पू साथै दार्जीलिङ पहाडको नामलाई उज्जवल पर्न सफल भएकी छिन्।

About Author

Advertisement