आइआरबी जवानलाई उपचारको निम्ति दिल्ली लगियो

IMG-20240201-WA0245.jpg

गान्तोक: सडक दुर्घटनामा परि घाइते बनेका आइआरबी जवान बिजय राईलाई आज उपचारको निम्ति दिल्ली लगियो। विशेष गरेर गत १५ जनवरीको दिन देउरालीस्थित लिविङ क्याम्प नजिक सडक दुर्गघटनामा परि गम्भीररूपमा घाइते भएका विजय राईको उपचार एसटीएनएम अस्तपालमा चलिरहेको थियो। उनी हालै सरूवा भएर पिपलेमा कार्यरत थिए। यस घटनाको जानकारी पाउन साथ मुख्यमन्त्री तामाङले उनलाई उपचारको निम्ति दिल्ली लैजाना निर्देश दिएपछि आज उनलाई बागडुग्रादेखि हवाई जहाजको माध्यमद्वारा दिल्लीको बीएलके मेक्स सुपर स्पेस्यालिटी अस्पतालमा लगिएको छ। उनको मूल घर रिञ्चेनपोङ रहेको र हिजो दुर्घटनामा परि गम्भीररूपमा घाइते भएका थिए। उनको अवस्था दिन प्रतिदिन बिग्रिन्दै गएपछि उनलाई दिल्ली उपचारको निम्ति लैजानु पर्ने मुख्यमन्त्रीले निर्देष दिएका थिए।

मुख्यमन्त्रीले राईका परिवारसँग भेट गर्दै सबै प्रकारको सहयोग प्रदान गर्ने बचन दिएका छन्। यसरी नै उनले राईको शीघ्र सुस्वास्थ्य कामना पनि गरेका छन्। यसरी मुख्यमन्त्रीले तत्काल सहयोगको हात बढाएकोमा उनका पिता नन्द कुमार राईले मुख्यमन्त्री प्रति हार्दिक कृतज्ञता प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement