गान्तोक: गेजिङ जिल्लाअन्तर्गत क्योङसा कन्या माध्यमिक विद्यालयमा आजदेखि विद्यालय खोलिन साथ पुस्तक,कपी, युनिफर्म, रेन कोटस र स्कूल बेग विद्यार्थीहरूलाई प्रदान गरियो। शिक्षा विभागको नीति नियम अनुसार प्रत्येक वर्ष विद्यार्थीहरूलाई सरकारद्वारा प्रदान गरिने सहुलियतहरू प्रदान गरिन्छ। सोही प्रकारले पेलिङ, डम्बर सिंह लिम्बू मेमोरियल उच्चत्तर माध्यमिक विद्यालय लगायत अन्य सरकारी विद्यालयका विद्यार्थीहरूलाई पनि आवश्यक सामग्री प्रदान गरियो। सोही क्रममा मंगन जिल्लाका सरकारी विद्यालयहरूमा पनि विद्यार्थीहरूलाई चाहिने आवश्यक सामग्री प्रदान गरियो। मंगन जिल्ला अन्तर्गत सञ्चालित ७७ वटा सरकारी विद्यालयका विद्यार्थीहरूलाई आवश्यक सामग्री वितरण गरिएको जानकारी गराइएको छ।
यसै क्रममा गान्तोक क्षेत्रअन्तर्गत सञ्चालित सरकारी विद्यालयका विद्यार्थीहरूलाई शितकालिन विदा पछि विद्यालय खोलिएको पहिलो दिनमा नै विद्यार्थीहरूलाई चाहिने आवश्यक सामग्री प्रदान गरिएको जानकारी गराइएको छ। शिक्षा विभाग, सिक्किम सरकारद्वारा शुरू गरिएको वितरण कार्यक्रमको उद्देश्य विद्यार्थीहरूको शैक्षिक पाठ्यक्रममा बृद्धि गर्ने हो, जसले उपयुक्त ज्ञान हासिल गर्न,जस्तो सरकारको योजनालाई ध्यान दिएको छ। यसबाहेक, विद्यालयहरूमा समयमै यूनिफर्म र पुस्तकहरू वितरण गर्ने राज्य सरकारको पहल समावेशी र समतामूलक शिक्षा प्रणालीको दृष्टितर्फको एउटा महत्त्वपूर्ण कदम हो। वितरण कार्यक्रम अन्तर्गत भ्रमण गरिएका विद्यालयहरुमा सरकारी माध्यमिक विद्यालय, लुम्से, ताडोङ सरकारी उच्च माध्यमिक विद्यालय, प्रधानमन्त्री सरकारी बालिका उच्च माध्यमिक विद्यालय, आधुनिक उच्च माध्यमिक विद्यालय, सरकारी प्राथमिक विद्यालय पाङ्थाङ, लगायत अन्य विद्यालयहरूका विद्यार्थीहरूलाई पनि आवश्यक सामग्री प्रदान गरियो।









