कोलकाता: आजको अन्तरिम बजेटबारे बन्धन ब्यांकका एमडी तथा सीईओ चन्द्र शेखर घोषले आफ्नो प्रोतिक्रिया जनाएका छन्l अन्तरिम बजेट व्यापक रूपमा समावेशी विकासमा केन्द्रित रहेको उनको भनाइ छl उनले भने, ‘देश पाँच ट्रिलियन अर्थव्यवस्थाको आकांक्षामा एक कदम अगाडि बढेको छ। आवास क्षेत्रमा केन्द्रित हुनाले सिमेन्ट, पेन्ट र स्टिल जस्ता दायरा वा परिधीय क्षेत्रहरूलाई फाइदा पुग्नेछ अनि रोजगारका अवसरहरू सृजना हुनेछन्। महिला सशक्तिकरणमा केन्द्रित भएमा अर्थतन्त्रलाई थप गति दिनेछ। पूर्वाधार र ग्रामीण विकासमा जोडले भारतको विकासनामाका लागि बलियो जग खडा गर्नेछl’