जलपाइगढी जिल्लाका ९५ परीक्षा केन्द्रमा शुक्रबारदेखि शुरु हुने

IMG-20240201-WA0195.jpg

माध्यमिक परीक्षामा जम्मा २५ हजार ५०० विद्यार्थीले दिने परीक्षा

जलपाइगढी। माध्यमिक परीक्षा शुक्रबारदेखि शुरु हुँदैछ। परीक्षार्थीहरुले बिहान ८:३० बजे परीक्षा केन्द्रमा प्रवेश गर्नुपर्न निर्देश जारी गरिएको छ भने यसपटक जिल्लाका ९५ वटा परीक्षा केन्द्रबाट २५ हजार ५०० विद्यार्थी माध्यमिक परीक्षामा सहभागी हुनेछन्‌ जुन गत वर्षको तुलनामा ९ सय बढी रहेको बताइएको छ। यति मात्र होइन, विगतको गणनाअनुसार यसपटक ५ सयभन्दा बढी कन्या छात्रा र ४ सयभन्दा बढी केटा छात्राहरुले परीक्षा लेख्ने बताइएको छ। परीक्षाको अन्तिम तयारी सबै भइसकेको छ भने गत वर्षको तुलनामा परीक्षाको समय दुई घण्टा थप गरिएको छ। त्यसैले जिल्लाका दुर्गम क्षेत्रका परीक्षार्थीहरूलाई समयमै परीक्षा केन्द्रमा पुग्न पर्याप्त सवारी साधनको व्यवस्था गरिएको बताइएको छ। मध्य शिक्षा पर्षद जलपाइगढी जिल्लाका संयोजक सुगत मुखर्जीले जिल्लामा १०,७०० केटा र १४,८०० केटी विद्यार्थी परीक्षामा सहभागी हुने जनाएका छन्। यीमध्ये कतिपय विद्यार्थीहरू दुर्गम बनबस्ती क्षेत्रबाट परीक्षा केन्द्रसम्म पुग्न जंगल कटेर आउन पर्ने हुन्छ र त्यसैले गत वर्षको दु:खद घटनापछि यस वर्ष वन विभागसँग कुरा गरेर ती सबै क्षेत्रका विद्यार्थीलाई गाडीबाट परीक्षा केन्द्रमा ल्याइनेछ। यस्तो अवस्थामा वन कर्मचारीले सुरक्षा दिनेछ। अर्कोतर्फ, फनिन्द्र देव विद्यालयलाई जलपाइगढी‌ सहरका 6 वटा परीक्षा केन्द्रहरूको जिम्मा दिएको छ भने यस सम्बन्धमा विद्यालयका प्रधानाध्यापक प्रकाश कुण्डुले आफ्नो विद्यालयसहित थप पाँच परीक्षा केन्द्रको निरीक्षण गर्ने जिम्मेवारी रहेको तर एवम् सबै हिसाबले तयारी अवस्थामा रहेको बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *