मुख्यमन्त्री डा. सरमालाई मोदी, शाहले दिए जन्मदिनको शुभकामना

Screenshot_20240201_154430_Chrome.jpg

गुवाहाटी: मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आफ्नो जन्मदिनमा शुभकामना दिए बापत प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रिय गृहमन्त्री अमित शाह अनि रक्षामन्त्री राजनाथ सिंहप्रति आभार व्यक्त गरेका छन्।

बिहीवार सोशल मीडिया प्लेटफर्म एक्समा मुख्यमन्त्री डा. सरमाले प्रधानमन्त्री मोदीको पोस्ट साझा गरे जसमा प्रधानमन्त्रीले भनेका छन्- असमका मिहेनती मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमालाई जन्मदिनको हार्दिक शुभकामना। उनले असमको विकास यात्रालाई सुदृढ बनाउन अनि गरीब, वञ्चितहरूलाई सशक्त बनाउनका लागि धेरैवटा प्रयासहरू गरिरहेका छन्। उनले मानिसहरूको सेवामा लामो अनि स्वस्थ जीवन जिउन्। यसको निम्ति मुख्यमन्त्री डा. सरमाले प्रधानमन्त्रीप्रति आभार व्यक्त गर्दै भनेका छन्- ‘प्रधानमन्त्रीजी, म तपाईका शुभकामनाहरूलाई धेरै महत्व दिन्छु र तपाईको सराहना गर्छु। तपाईको दूरदर्शी मार्गदर्शनमा मार्गदर्शनमा ”सबैको साथ, सबैको विश्वास” -को आदर्श वाक्यलाई आत्मसात गर्दै असमको प्रगतिलाई बढ़ाउनको लागि मैले आफूलाई समर्पित गरेको छु। आज यस शुभ दिनमा म गरीब, वञ्चित एवं पछौटे वर्गको कल्याणको लागि अथक प्रयास गर्नेप्रति आफूलाई समर्पण गर्ने पुष्टि गर्दछु।’

केन्द्रियमन्त्री अमित शाहले आफ्नो पोस्टमा भनेका छन्- ‘असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमालाई जन्मदिनको हार्दिक शुभकामना। समृद्ध असमको लागि मोदीको दृष्टिकोणलाई पूरा गर्ने दिशामा तपाईको उर्जावान प्रयास सराहनी छ। म ईश्वरसित तपाईको सुस्वास्थ्यको लागि प्रार्थन् गर्छु, तपाईले मानिसहरूको सेवा गरिरहनुहोस्।’

मुख्यमन्त्रीले अमित शाहलाई धन्यवाद दिँदै भनेका छन्, सशक्त असम बनाउने दिशामा प्रयास गर्नका लागि तपाईको बहुमूल्य आशीर्वाद मेरो लागि मार्गदर्शनको श्रोत हो। म तपाईको अमूल्य सल्लाहलाई सदैव सम्हालेर राख्नेछु।

रक्षामन्त्री राजनाथ सिंहले पनि डा. सरमालाई शुभकामना दिँदै आफ्नो पोस्टमा भनेका छन्, असमका उर्जावान मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमालाई उनको जन्मदिनमा बधाई अनि हार्दिक शुभकामना। उनको नेतृत्वमा राज्यमा प्रगति, विकास अनि समृद्धि देखिँदैछ। उनको लामो अनि स्वस्थ जीवनको लागि प्रार्थना गर्दछु। मुख्यमन्त्रीले रक्षामन्त्रीलाई ट्याग गर्दै लेखेका छन्- ‘तपाइको हार्दिक शुभकामनाको लागि धन्यवाद रक्षामन्त्रीजी। तपाईको शुभकामनाले मलाई एक सशक्त अनि सुरक्षित असम बनाउनको लागि काम गर्न प्रेरित गर्दछ।’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *