फाँसीदेवा सडक दुर्घटनामा एक जनाको मृत्यु

Screenshot_20240201_123714_WhatsApp.jpg

सिलगढी। २७ नम्बर राष्ट्रिय‌ राजमार्ग संलग्न फाँसीदेवा ब्लकको धामनागाछ क्षेत्रमा बुधबार राति भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेको नाम मोहम्मद सोलेमान (६०) रहेको र उनी सहानन्दजोत क्षेत्रका बासिन्दा थिए। खबर पाउने बित्तिकै पुलिसले घटनास्थलमा पुगेर सोलेमानलाई उद्धार गरी फाँसीदवा ग्रामीण अस्पताल पुऱ्याएको थियो तर त्यहाँ ड्युटीमा रहेका डाक्टरले उनलाई मृत घोषणा गरेका थिए। घटनाबारे फाँसीदेवा पुलिस थानाले अनुसन्धान सुरु गरेको छ। पुलिसले दुर्घटना भएका चारचक्के वाहन र क्षतिग्रस्त मोटरसाइकल समेत नियन्त्रणमा लिएर थानामा ल्याएको छ। प्राप्त जानकारी अनुसार दुर्घटनापछि सो गाडीका चालकले गाडीलाई लक गरेर घटनास्थलबाट सुँइकुच्चा ठोकेका थिए। प्रत्यक्षदर्शीका अनुसार मोहम्मद सोलेमानले हेचरीतर्फ राष्ट्रिय राजमार्ग पार गर्दै थिए। सोही समय गोवालटुलीबाट फुलबारीतर्फ आउँदै गरेको चारचक्के गाडीले तीव्र गतिमा आएर उनलाई ठक्कर दिएको थियो। ठोक्करले व्यक्ति सडकमा लडेका थिए। उक्त चारचक्के वाहनमा रायगञ्ज ट्याक्सीको नम्बर प्लेट रहेको छ। दुर्घटनालगत्तै स्थानीय बासिन्दा र यात्रुको भीड जम्मा भएको थियो भने दुर्घटनाका कारण राष्ट्रिय राजमार्गमा जाम लागेर सवारी आवागमन अवरुद्ध भएको थियो। दुर्घटनापछि परिवारका सदस्यहरुले अस्पतालमा आक्रोशित बनेपछि पुलिस बोलाउनु परेको थियो भने पुलिसले पछि स्थिति सामान्य बनाउन सफल भएको थियो। उक्त दुर्घटना गराउने चालकको खोजी कार्य सुरु गरेको फाँसीदेवा पुलिसले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement