फेरि चितुवा खोरमा कैद

अलिपुरद्वार। अलिपुरद्वार जिल्लाको वीरपाडा चियाकमानमा वन विभागले थापेको खोरमा एउटा पूर्ण वयस्क चितुवा कैद परेको छ। बिहीबार बिहान वीरपाडा चियाबारीमा चितुवा खोरमा परेको स्थानीयले देखेपछि वन विभागलाई खबर गरेका थिए। सूचना पाएलगत्तै वनकर्मीहरु घटनास्थल पुगेर खोरमा थुनिएका चितुवालाई उद्धार गरि लगे।
वीरपाडा चियाकमानमा धेरै दिनदेखि चितुवाको आतङ्क देखिएपछि वन विभागले खोर लगाएर राखेको थियो उक्त खोरमा ठूलो चितुवा थुनिएकाले स्थानीय बासिन्दाहरुले केही राहत पाएको अनुभव गरेका छन्।

About Author

Advertisement