आईसीसी अण्डर-१९ वर्ल्ड कप:न्यूजील्याण्ड विरुद्ध भारत २१४ रनले विजयी

IMG-20240130-WA0234.jpg

ब्लोमफण्टेन, ३० जनवरीः मुशीर खानको शतकीय ईनिंग्सपछि सौम्य पाण्डेको विध्वंशी बलिंगको दममा भारतले अण्डर-१९ वर्ल्ड कपको सुपर सिक्स राउण्डमा न्यूजील्याण्डलाई २१४ रनको रेकर्ड अन्तरले पराजित गऱ्यो। म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै भारतले ५० ओभरमा ८ विकेट गुमाएर २९५ रन बनायो। मुशीर खानले १३ वटा चौका र तीनवटा छक्काको साथ १२६ बलमा १३१ रन बनाए। जारी टुर्नामेण्टमा यो उनको दोस्रो शतक हो। यसबाहेक ओपनर आदर्श सिंहले ५८ बलमा ५२ रन (६ वटा चौका) र कप्तान उदय शाहरनले ३४ रनको योगदान दिए। न्यूजील्याण्डका बलरहरूमा मेसन क्लार्कले सर्वाधिक ४ विकेट लिए। जवाफमा २९६ रनको लक्ष्यलाई पछ्याउँदै न्यूजील्याण्डको टीम २८.१ ओभरमा ८१ रन बनाएर अलआउट भयो। कीवि टीमबाट केवल चारजनाले १० या त्यसभन्दा अधिक रन बनाउन सके।

यसमा कप्तान अस्कर जेक्सनले १९, ज्याक कमिन्सले १६, एलेक्स थम्पसनले १३ र ओपनर जेम्स नेल्सनले १० रन बनाए। भारतीय बलरहरूमा पाण्डेले सर्वाधिक ४ विकेट लिए। यसबाहेक राज लिम्बानी र मुशीर खानले २-२ विकेट बाँड़े। ब्याट र बल दुवैको साथ उत्कृष्ट प्रदर्शन गर्ने मुशीरलाई प्लेयर अव् द म्याच चयन गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement