नाम्चीमा सम्पन्न भयो एसकेएम पार्टीको सांगठनिक सभा

IMG-20230410-WA0169-11-300x172-8

नाम्ची सिङ्गीथाङमा चामलिङले भावनात्मक शोषण गरेको थियोः जेकब खालिङ

गान्तोक: आगामी दिनमा सम्पन्न हुने सिक्किम विधानसभा र लोकसभा चुनाउलाई ध्यानमा राख्दै एसकेएम पार्टीले गत ८ जनवरीदेखि धारावाहिक रूपमा पार्टीको सांगठनिक एवम् समष्टिस्तरीय सभा आयोजना गर्दै आइरहेको छ।

यसै क्रममा आज दक्षिण जिल्लाको नाम्ची-सिङ्गीथाङ निर्वाचन क्षेत्रमा पार्टीको सभा सम्पन्न भयो।

सभामा संगठनमा प्रमुख संयोजक एवं प्रवक्ता जेकब खालिङ मुख्य अतिथिको रूपमा उपस्थित थिए भने विशिष्ट अतिथिकोरुपमा संगठनका अध्यक्ष प्रभारी पवित्र मानव, पार्टीका वरिष्ठ उपाध्यक्ष प्रभारी भोजराज राई लगायत अन्यहरू उपस्थत थिए।

सभालाई सम्बोधन गर्दै प्रवक्ता जेकब खालिङले अब प्रत्येक कार्यकर्ताहरूले जन सम्पर्क अभियान शुरू गरेर जनतालाई सरकारले पाँच वर्षसम्म गरेको कामहरूबारे बताउने अनि घर घरमा पुगेर अब २०२४ मा सरकारले के कस्ता काम गर्नुपर्छ भन्नेबारे सुझाउ लिनु पर्ने आग्रह गरे। पार्टीका कार्यकर्ताहरूले जनताबाट लिएको सुझाउ अनुसार आगामी दिनमा सरकारले काम गर्ने जानकारी गराए।

विधान सभा चुनाव नजिक रहेको हुँदा सबैले व्यक्तिगत मन मुटाउलाई भुलेर पार्टीको निम्ति अघि आएर काम गर्नुपर्ने आग्रह गरे। मुख्यमन्त्रीको अनुपस्थितिमा पनि सबै समष्टिमा आयोजित धारावाहिक कार्यक्रममा जनताको व्यापक उपस्थितले अब २०२४ मा एसकेएम ले ३२ मा ३२ सीट हासिल गर्न सक्ने पुष्टि भएको उनले दावी गरे।

नाम्ची सिङ्गिथाङ समष्टिमा २०१४ सम्म केवल पूर्व मुख्यमन्त्री पवन चामलिङ अनि उसको परिवारको दबदबा रहेको किटान गरे। त्सयबेला चामलिङको त्यस्तो दब दबामाझ वर्ष २०१४ मा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको उम्मेदवार चार पाँच सय मतले मात्र पराजित भएको बताउँदै अब चामलिङको गढ मानिने नाम्ची सिङ्गीथाङ भत्किन थालेको जानकारी गराए।

यस निर्वाचन क्षेत्रमा दिनप्रतिदिन एसकेएम पार्टीको पकड़ दह्रिलो बन्दै गएकोले अब २०२४ मा ४ हजार भन्दा अधिक भोटले विजयी बन्ने उनले ठोकुवा गरे। यो क्षेत्रलाई पवन चामलिङले भावनात्मक रूपले शोषण गरेको खालिङले आरोप लगाए। आफू मुख्यमन्त्री हुँदा यो क्षेत्रमा केवल दबदबा बनाएर राखेको थियो, तर आफू सरकारबाट झरेपछि एकपल्ट पनि पछि फर्केर नहेरेको बताए।

उनले सिक्किमे जनताको हितमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारले गरिरहेको कार्यहरूको विस्तृत विवरण प्रस्तुत गरे। अब आगामी ९ फरवरीदेखि ओएफओजे कर्मचारीहरु स्थायी हुने प्रक्रिया शुरू हुने पनि उनले बताए। २५ वर्षमा पनि कर्मचारीहरुलाई स्थायीकरण गर्नको निम्ति एउटा पनि नीति बनाउन नसक्ने पवन चामलिङको फ्यातुले सरकार रहेको उनले बताए।

आजको सभालाई उपाध्यक्ष प्रभारी पवित्र मानव, प्रचार प्रसार सचिव कृष्ण लेप्चा, सञ्जय दिल्पाली राई अनि अन्यहरूले पनि सम्बोधन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement