राज्यपाल आचार्यले महात्मा गॉंधीलाई श्रद्धाञ्जली अपिर्त गरे

n5788370441706627473784dbefe70e5369a755b1b88742b5bb00e0b5959bfac725945de7abc6412e20a4de.jpg

गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले आज महात्मा गॉंधीको ७६औं पूण्यतिथिको अवसरमा गॉंधीको तस्बीरमा पुष्प अर्पण गरे। महात्मा गॉंधीको ७६औँ पुण्यतिथिको उपलक्ष्यमा राज्यपाल आचार्यले राजभवनमा राष्ट्रपिताको तस्विरमा पुष्पहार अर्पण गरेर भावपूर्ण श्रद्धाञ्जली अपिर्त गरे। यस श्रद्धाञ्जली कार्यक्रममा राज्यपालको साथमा राजभवनका सचिव जिग्मी दोर्जी भोटिया, एडीसी (पी) डा. शिव प्रसाद येल्लासरी र एडीसी (ए) मेजर सन्दीप मिश्रा उपस्थित रहेको जानकारी राजभवनले प्रेस विज्ञप्तिमा दिएको छ।

राज्यपालले राष्ट्रको स्वतन्त्रताको लागि महात्मा गॉंधीले गरेका अहिंसा र बलिदानका सिद्धान्तहरूमाथि जोड दिए, जसले आजको भारतलाई आकार दिन प्रशस्त बाटो खोलिदिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement