भारी मात्रामा हेरोइन र ड्रग्स सहित दुई तस्कर पक्राउ

65b87987650c7-assam-police-302230186-16x9.jpeg

कछार: असमकाे कछारबाट पुलिसले भारी मात्रामा हेरोइन र मेथम फेटामाइन ट्याबलेट जफत गरेको छ। ड्रग्सको सम्बन्धमा कछार पुलिसको कारबाही जारी छ। पुलिसले आज औपचारिक सूचना दिएको छ, जिल्लाको धलाई क्षेत्रको लोकनाथपुरमा छापामारीको कारबाही अवधि पुलिसले दुईजना ड्रग्स तस्करहरूलाई पक्राउ गऱ्यो।

यी तस्करहरूको कब्जाबाट हेरोइनले भरिएको ५० वटा साबुनदानी जफत गरियो। यी साबुनदानीहरूबाट कुल १.५३१ किलोग्राम हेरोइन जफत गरियो। पुलिसले दुवै ड्रग्स तस्करबाट ४६० ग्राम मेथम फाटामाइन पनि जफत गरेको छ। पुलिसलाई सन्देह छ, जफत गरिएको हेरोइन र मेथम फेटामाइनलाई छिमेकी राज्य मिजोरमदेखि असमको कछार हुँदै अन्य राज्यहरूमा पुऱ्याउने योजना थियो। जफत गरिएको ड्रग्सको मूल्य करोड़ौं रुपियाँ हुनसक्ने अनुमान लगाइएको छ। पुलिसले हाल पक्राउ गरेका दुवै नशा तस्करहरूलाई धलाई थानामा जाँचबुझ गरिरहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *