टाशीलिङ सचिवालयमा शहीद दिवस पालन

IMG-20230410-WA0169-11-300x172-8

गान्तोक: राजधानी स्थित टाशीलिङ सचिवालयमा शहीद दिवस पूर्ण सम्मानका साथ पालन गरियो। सिक्किम सरकारका मुख्य सचिव वीबी पाठकको उपस्थितिमा आज बिहान टाशीलिङ कम्प्लेक्समा अवस्थित विभिन्न विभागका अधिकारीहरू र कर्मचारीहरूले दुई मिनट मौन धारण गरियो।

यस अवसरमा गृह विभागका अतिरिक्त मुख्य सचिव आर. तेलाङ, गृह विभागकी सचिव टाशी छो छो, भवन तथा आवास विभागका सचिव प्रवीण प्रधान तथा विभिन्न विभागका वरिष्ठ अधिकारीहरू र कर्मचारीहरू उपस्थित थिए।

शहीद दिवस हरेक साल ३० जनवरीका दिन देशभरि पालन गरिन्छ। देश स्वतन्त्रताको निम्ति आफ्नो प्राणको बलिदान दिने मानिसहरूको स्मरणमा सो दिवस पालन गरिन्छ। आज राष्ट्रपिता महात्मा गॉंधीको पुण्यतिथि पनि हो।

आज बिहान ११ बजीदेखि ११:०२ बजीसम्म सदाझैं शहीदहरूको सम्मानमा दुई मिनट मौन धारण गरियो। यस अवधि राज्यव्यापी रूपमा सबै कामकाज, ट्राफिक तथा अन्य गतिविधिहरू दुई मिनटसम्म बन्द गरिएको थियो।

About Author

Advertisement