राजघाटमा महात्मा गॉंधीलाई श्रद्धाञ्जलि अर्पित

president-1696216148.jpg

नयॉं दिल्ली: राष्ट्रपिता महात्मा गॉंधीलाई उनको ७६औं पुण्यतिथिमा आज कृतज्ञ राष्ट्रले नमन गऱ्यो। राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी, उप राष्ट्रपति जगदीप धनखड, रक्षामन्त्री राजनाथ सिंह, दिल्लीका उप राज्यपाल विनय सक्सेना र अन्य गणमान्य व्यक्तहरूले बिहान राजघाट पुगेर राष्ट्रपितालाई श्रद्धाञ्जलि अर्पित गरे। यस अघि प्रधानमन्त्री मोदीले एक्स ह्यान्डलमा लेखेका छन्, ‘म पूज्य बापूलाई उनको पुण्यतिथिमा श्रद्धाञ्जलि अर्पित गर्दछु। म उनीहरू सबैलाई पनि श्रद्धाञ्जलि अर्पित गर्दछु जो देशको निम्ति शहीद भएका छन्। उनीहरूका बलिदानले हामीलाई मानिसहरूको सेवा गर्न र राष्ट्रको निम्ति उनीहरूका दृष्टिकाणलाई पूरा गर्न प्रेरित गर्दछ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement