गान्तोक: १७औं माउन्टेन ब्ल्याक क्याट डिभिजनका कमाण्डिङ जनरल अफिसर, मेजर जनरल अमित काब्थियालले हिजो राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यसँग राजभवनमा भेट गरे।
मेजर जनरल काबथियालले गत ४ अक्टोबरको राति प्रकृतिक प्रकोपमा परि प्राणको आहुति दिने बीर योद्धाहरुको सम्झनामा बर्दाङमा प्रस्तावित आगामी स्मृति पार्कको योजनाबारे विस्ततरूपमा अवगत गराए। राज्यपालले उक्त परियोजनाको निम्ति आफ्नो व्यक्तिगत र राजभवनको तर्फबाट पूर्णरूपमा समर्थन रहेको र सहयोग पुऱ्याउने आश्वासन दिए।
‘सबैले केही दिए–कोहीले सबै दिए’ भन्ने भावनामा राष्ट्रको सेवामा आफ्नो सर्वस्व अर्पण गर्ने सैनिकहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै पार्क निर्माणको निम्ति शुभकामना दिएका छन्।