गान्तोक: राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले आज बिहान उच्च बौद्ध अध्ययन तथा अनुसन्धानका लागि बोकर स्रेडा ओबर चिमेलिङ्ग प्रतिष्ठानमा क्याब्जे बोकार याङ्सी रिम्पोचेसँग भेट गरी आशीर्वाद मागेका छन्। भेटको क्रममा मुख्यमन्त्री तामाङले संस्थानको संक्षिप्त भ्रमण गर्नुको उद्देश्यबारे भेन खेम्पो लोडे धोनयो रिम्पोछेको उपस्थितिमा अन्य धर्मगुरूहरूसँ अन्तक्रिया पनि गरे। यस अवसरमा मन्त्री सोनम लामा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।