पहिलो भीमसेन च्यालेञ्च कप फुटबल टुर्नामेन्ट: जेआर ३२ र अलि बक्स ७ युनाईटेड खरसाङ बिजयी

photocollage_2024129192937939.jpg

खरसाङ: खरसाङको डब्ल्युबीएनभीएफ खेल मैदानमा भईरहेको पहिलो भीमसेन च्यालेञ्च कप फुटबल टुर्नामेन्टको आज सोमबार भएको दुईवटा खेलमा जेआर ३२ र अलि बक्स ७ युनाईटेड खरसाङ बिजय भएको छ। सोमबार पहिलो खेल आकाशवाणी खरसाङ र जेआर ३२ माझ सम्पन्न भएको थियो। यस खेलको पहिलो हाफ गोल शून्यक बराबरीमा समाप्त भएको थियो भने दोस्रो हाफमा जेआर ३२ ले लगातार अन्तरालमा २ गोल गरेका थिए। आकाशवाणी खरसाङले खेलको अन्त्यतिर एक गोल गरेका थिए भने खेलको अन्तिम क्षणमा बल गोल पोष्टमा लागेर फर्केको थियो। यस खेलमा जेआर ३२ लो आकाशवाणीलाई २-१ को अन्तरले पराजित गरेको छ। त्यसरी नै दोस्रो खेल अलि बक्स ७ युनाईटेड खरसाङ र तरूणजाबारी खोप्रेलमाझ सम्पन्न भएको थियो। यस खेलको शुरुमा नै अलि बक्स ७ को खेलाड़ीले गोल गरेर बढ़त बनाएको थियो। अलि बक्स ७ ले जम्मा ६ गोल गर्न सफल भएका थिए भने खोप्रेलका खेलाड़ीहरू केवल एक गोल मात्र गर्न सफल भएका थिए। अन्त्यमा अलि बक्स ७ ले ६-१ को अन्तरले खेल जितेको छ। आजको खेलमा मुख्य अतिथिको रूपमा पूर्व नगरपार्षद मोहन राई उपस्थित थिए भने विशिष्ट अतिथिको रूपमा नेवार विकास बोर्डको चेयरम्यान सुनिल प्रधान उपस्थित रहेका थिए।

About Author

Advertisement