सिलगढी: ब्रिगेडियर जयदीप यादव, ग्रुप कमाण्डर दार्जीलिङ र सिक्किम जीपीले आज (२९ जनवरी) ४ बेङ्गल गर्ल्स बटालियन एनसीसी सिलगढीको निरीक्षण गरे। उनलाई कमाण्डिङ अफिसर कर्णल जयदीप गोस्वामीले युनिटको बारेमा जानकारी दिए। ब्रिगेडियर जयदीप यादवले एनसीसी एएनओ र युनिटका पीआई कर्मचारीहरूसँग अन्तरक्रिया गरेl प्रशिक्षण र प्रशासनको उच्च स्तर कायम गरेकोमा उनले उनीहरूको प्रशंसा गरे।

उनले गर्ल्स बटालियन भएकाले एनसीसी गर्ल्स क्याडेटहरूलाई आर्मी अफिसर वा अग्निवीर वा जीवनका सबै क्षेत्रमा अगुवा बन्न तालिम दिनपर्नेबारेमा जोड दिए।