गोरामुमो मिरिक ब्राञ्च कमिटीद्वारा सुवास घिसिङको पुण्यतिथि पालन

IMG-20240129-WA0244.jpg

मिरिक: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा मिरिक ब्राञ्च कमिटीद्वारा आज गोरामुमो संस्थापक अध्यक्ष सुवास घिसिङको १०औं पुण्यतिथि पालन गरेको छ। सौरेनी पानीघट्टा समष्टि अन्तर्गत मञ्जुश्री पार्कमा विधिपूर्वक पूजा अर्चना गरी सुवास घिसिङलाई स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेको ब्राञ्च कमिटीका महासचिव राजकुमार रिजालले जानकारी गराएका छन्। गोरामुमो संस्थापक अध्यक्ष सुवास घिसिङको अन्तिम संस्कार मञ्जुश्री पार्कमा गरिएको र सुवास घिसिङले सदैव मञ्जुश्री पार्कमा पूजा अर्चना गर्ने गरेको मिरिक ब्राञ्च कमिटीका अध्यक्ष महेन्द्र खड्काले थप जानकारी दिन्दै भने, आज हामीले धामी झ्याक्री अनि बौद्ध धर्मगुरुहरुद्वारा सुवास घिसिङको आत्मा शान्तिको निम्ति पुजा अर्चना गर्दै श्रद्धाञ्जली अर्पण गरेका छौं।

भारतीय गोर्खाहरुको निम्ति उनले देखेको सपना पूरा होस्। हाम्रो मुद्दा चाढ़ै फत्ते होस् भनी पहाडको देवी देवरालीलाई स्मरण गर्दै आत्मा शुद्धीकरण गरेर पूजा आर्चना गरेका छौं। हामीले पूर्ण आशा साचेका छौं गोर्खाहरुको सपना पूरा गर्न देवी देवरालीले आशिर्वाद दिन्छ भनी महेश्वर खड्काले जनाएका छन्।

आजको पुण्यतिथि कार्यक्रममा गोरामुमो केन्द्रीय समिति सह सचिव सचित गहतराज, केन्द्रीय समिति सदस्यगण, मिरिक ब्राञ्च कमिटीका प्रतिनिधिवर्ग, भ्रातृ संगठनका प्रतिनिधिवर्ग लगायत गोरामुमो कार्यकर्ताहरुको व्यापक उपस्थिति रहेको जानकारी प्राप्त भएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *