कोलकाताः राष्ट्रिय जाँच एजेन्सी (एनआईए)- का अधिकारीहरूले वर्ष २०२२-को बीरभूम विस्फोटक मामिलामा समातिएका तृणमूल कंग्रेसका नेता इस्माइल चौधरीको मोबाइल फोनबाट प्रभावशाली राजनीतिक सम्बन्धहरूको बारेमा जानकारी हासिल गरेपछि उनको आवाजको नमूना परीक्षण गरेका छन्। एनआईएका अधिकारीले बताए, प्रमाणहरूको पुष्टि गर्नको लागि चौधरीको आवाजको नमूना परीक्षण गरिएको छ जसलाई चाँड़ै केन्द्रिय फोरेन्सिक विज्ञान प्रयोगशालामा पठाइनेछ। सूत्रले भन्यो, एनआईएका अधिकारीहरूलाई पक्राउ परेका तृणमूल कंग्रेसका नेताको मोबाइलबाट केही अडियो सन्देशहरू हात लागेको छ। ती अडियो सन्देशहरूबाट केन्द्रिय एजेन्सीका अधिकारीहरूलाई जुन प्रमाण प्राप्त भयो त्यसमा पश्चिम बंगालमा पशु तस्करी मामिलाका मुख्य आरोपी सहगल हुसैनको सम्भावित सम्बन्धको बारेमा पनि जानकारी छ।
हुसैन तृणमूल कंग्रेसका वरिष्ठ नेता औ पार्टीका पूर्व बीरभूम जिल्लाध्यक्ष अणुब्रत मण्डलका अङ्गरक्षक थिए। यी दुई हाल पशु तस्करीको मामिलामा नयाँ दिल्लीस्थित तिहाड़ जेलमा न्यायिक हिरासतमा छन्। सूत्रले बतायो, हालैमा एनआईएका अधिकारीहरूले तिहाड़ जेलमा पुगेर यस मामिलामा हुसैनसित जाँचबुझ गरेका थिए।
स्मरण गराइन्छ, पछिल्लो ३० जून, २०२२ -मा बीरभूम जिल्लाको मुहम्मद बजार क्षेत्रमा ८१ हजार डेटोनेटर, २७ किलोग्राम अमोनियम नाइट्रेट र १,९२५ किलोग्राम जिलेटिनको छड़ सहित भारी मात्रामा विस्फोटक सामग्री भेटिएको थियो। यी विस्फोटकहरूलाई राज्य पुलिसको विशेष कार्यबल (एसटीएफ)-का अधिकारीहरूले जफत गरेका थे। एनआईएले त्यै वर्ष २९ सेप्टेम्बरमा जाँचको जिम्मेवारी लिएर जाँच शुरू भएको ९० दिनभित्रमा मामिलामा आरोप पत्र दर्ता गरायो। त्यै वर्षको जुलाई महिनामा एनआईएका अधिकारीहरूले बीरभूमबाट स्थानीय तृणमूल नेता मनोज घोषलाई पनि पक्राउ गरेका थिए।
-हिस