अब सुप्रीम कोर्टमा हुनेछ पश्चिम बंगालको नोकरी घोटालाको सुनवाई

1500x900_508556-750x450416955-394888-calcutta-hc-and-sc.jpg

नयाँ दिल्ली: पश्चिम बंगालमा नक्कली जाती प्रमाण पत्रबाट नोकरी घोटालाको सीबीआई जाँच गराउने माग उल्लेखित याचिकामाथि अब सुप्रीम कोर्टले सुनवाई गर्नेछ। सुप्रीम कोर्टले यस मामिलामा कलकत्ता हाई कोर्टका दुईजना जज जस्टिस अभिजित गङ्गोपाध्याय र जस्टिस सोमन सेनमाझ विवाद भएपछि मुद्दालाई सुनवाईको निम्ति आफ्नोमा स्थानान्तरण गरेको छ।

चीफ जस्टिस डीवाई चन्द्रचूड़को अध्यक्षतामा रहेको पाँच सदस्यीय बेन्चले पश्चिम बंगाल सरकारलाई यस घोटालामाथि अहिलेसम्म भएको जाँचको प्रगतिको बारेमा जवाफ दर्ता गराउने निर्देश दिएको छ।

गत २७ जनवरीमा सुप्रीम कोर्टले यस मामिलामाथि विशेष सुनवाई गर्दै कलकत्ता हाई कोर्टमा उक्त मामिलाको सुनवाई ग र्नदेखि रोक लगाइदिएको थियो। यस मामिलाको विशेष सुनवाई गर्ने स्पेशल बेन्चमा चीफ जस्टिस अतिरिक्त जस्टिस सञ्जील खन्ना, जस्टिस बीआर गवई, जस्टिस सूर्यकान्त अनि जस्टिस अनिरूद्ध बोस सामेल छन्। गत २७ जनवरीमा भएको सुनवाई अवधि सलिसिटर जनरल तुषार मेहताले कलकत्ता हाईको डिभीजन बेन्चको फसेलामाथि आपत्ति जनाएका थिए।

उल्लेखनीय छ, कलकत्ता हाई कोर्टका जस्टिस गङ्गोपाध्यायले सरकारी मेडिकल कलेजहरूको भर्तीमा भएको धाँधलीसित सम्बन्धित एक मामिलाको सीबीआई जाँच गराउने आदेश दिएका थिए। तर जस्टिस सोमेन सेन र जस्टिस उदय कुमारको डिभीजन बेन्चले यसमाथि रोक लगाइदिएको थियो। जस्टिस गङ्गोपाध्यायले भनेका थिए, जस्टिस सोमेन सेनले जे गरिरहेका छन् तोय पश्चिम बंगालको सत्तामा बसेको राजनीतिक दललाई बचाउनका लागि गरिरहेका छन्। उनका गतिविधिहरू स्पष्ट रूपमा कदाचार जस्तै छन्। जजहरूबीच शुरू भएको यसै विवादपछि सुप्रीम कोर्टले मामिलाको संज्ञान लिएको थियो।

About Author

Advertisement