ईडीले समय सीमा दिए पनि शेख शाहजहाँ गएनन्

IMG-20230410-WA0169-11-300x172-7

कोलकाताः ईडी अधिकारीहरूमाथि भएको आक्रमणका मास्टरमाइण्ड तृणमूल नेता शेख शाहजहाँलाई केन्द्रिय जाँच एजेन्सीले समय-सीमा दिएको भए पनि तिनी सरेण्डर गर्न गएनन्। ईडीका अधिकारीले सोमवार अपरान्ह यसको पुष्टि गरे। उनले बताए, न त शाहजहाँ आए न त उनको पक्षबाट कुनै प्रतिनिधिले नै केही बताएका छन्। उनले यो पनि भने, अब शाहजहाँविरूद्ध कोर्टको आदेश अनुसार कुर्कीको कारबाही गरिनेछ।

केन्द्रिय एजेन्सीका अधिकारीले बताए, शेख शाहजहाँलाई पेश हुनका लागि गत २४ जनवरीमा नोटिस जारी गरिएको थियो। तिनको घरमा खानतलासी गरेपछि केन्द्रिय एजेन्सीका अधिकारीहरूले नोटिस टाँसिदिएका थिए। तिनलाई आज २९ जनवरीमा पेश हुन भनिएको थियो, तर तिनी आएनन्। अधिकारीले यो पनि भने, शाहजहाँको तर्फबाट कुनै ईमेल वा पत्र पनि प्राप्त भएको छैन। यसको अर्थ स्पष्ट छ, केन्द्रिय जाँच एजेन्सीको नोटिसलाई तिनले संज्ञानमा लिएका छैनन्। यसैले अब कानून मुताविक कदम उठाइनेछ।

उल्लेखनीय छ, गत ५ जनवरीको दिन ईडी अधिकारीहरूको टीम उत्तर २४ परगनाको सन्देशखालीस्थित शेख शाहजहाँको घरमा छापामारीको कारबाही गर्न गएको थियो। त्यहाँ भेला भएका लगभग हजारौं मानिसहरूको भीड़ले ईडी अधिकारीहरूमाथि आक्रमण गरेको थियो अनि सीएपीएफका कर्मीहरूलाई पनि कुटपिट गरेको थियो। यस घटनालाई लिएर देशभरि नै खैलाबैला भएको थियो। १९ दिनपछि गत २४ जनवरीको दिन ईडीको टीम फेरि तिनको घरमा छापामारी गर्न पुगेको थियो।

छापामारी गरेपछि टीमले तिनको घरमा नोटिस टाँसिदिएको थियो। त्यसपछि गत २६ जनवरीमा शेख शाहजहाँको आधिकारिक फेसबुकबाट पोस्ट गरिएको थियो, तर पुलिसले भने अहिलेसम्म् तिनलाई भागिरहेको र पक्राउ गर्न नसकिएको बताएको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement