मङ्गलवारदेखि बंगालमा वर्षा हुने सम्भावना, मौसम विभागद्वारा अलर्ट जारी

IMG-20230410-WA0169-11-300x172-8

कोलकाताः जनवरी महिनाको अन्तसितै बंगालबाट जाड़ोले विदा लिने समयमा फेरि वर्षा हुने अलर्ट जारी गरिएको छ। अलिपुरस्थित मौसम विभागको क्षेत्रीय मुख्यालयद्वारा सोमवार अपरान्ह जारी बयानमा बताइएको छ, मङ्गलवारदेखि दक्षिण बंगालका विस्तृत क्षेत्रमा वर्षा हुनसक्छ। यसबाट जाड़ो पनि घट्नेछ।

मौसम विभागको पूर्वानुमान मुताविक मङ्गलवार दक्षिण बंगालका कुल पाँचवटा जिल्लाहरूमा वर्षा हुने सम्भावना छ। यी पाँच जिल्लाहरूमा पूर्व बर्दवान, पश्चिम बर्दवान, मुर्शिदाबाद, बीरभूम र नदिया सामेल छन्। त्यसपछि बुधवारदेखि अन्य दक्षिणी जिल्लाहरूमा वर्षा हुने सम्भावना छ। कोलकातामा पनि वर्षा हुनेछ, तर भारी वर्षा भने कुनै पनि ठाउँमा हुनेछैन। यी क्षेत्रहरूमा सामान्य वर्षासितै कुहिरो लाग्नेछ। मौसम विभाग अनुसार आगामी केही दिनसम्म जिल्लामा सामान्यदेखि मध्यम कुहिरो लाग्नेछ।

दक्षिण बंगालका विभिन्न जिल्लाहरूमा आगामी बिहीवारसम्म वर्षा हुनसक्ने अनुमान लगाइएको छ। त्यसपछि मौसममा थोरै परिवर्तन देखिनेछ। यी केही दिनभित्रमा राज्यको तापमान पनि बढ़्नेछ।

-हिस

About Author

Advertisement