ईंग्ल्याण्डको ब्याजबल रणनीतिसँग जुझ्न स्पिनरहरूलाई अनुशासित हुने सल्लाह दिए द्रविड़ले

IMG-20240129-WA0113.jpg

हैदराबाद, २९ जनवरीः ईंग्ल्याण्ड विरुद्ध पाँचवटा टेस्ट म्याचको सीरीजअन्तर्गत पहिलो टेस्टमा २८ रनले हारको सम्मुखीन भएपछि भारतीय क्रिकेट टीमका प्रशिक्षक राहुल द्रविड़ले सीरीजमा फर्किनको निम्ति उनका बलरहरूले विरोधी टीमका ब्याटरहरूले खेलिरहेको स्वीप र रिभर्स स्वीप जस्ता शट्हरूलाई काबूमा ल्याउने तरिका खोज्नु पर्ने बताए। आइतवार समाप्त भएको पहिलो टेस्टमा ओली पोपले भारतीय स्पिनरहरू विरुद्ध स्वीप, रिभर्स स्वीप र रिभर्स स्कूप जस्ता शट्हरू खेल्दै ईंग्ल्याण्डको ब्याजबल क्रिकेटको परम्परालाई जारी राख्दै १९६ रनको यादगार ईनिंग्स खेले। उनी दोहोरो शतकदेखि चुके पनि आफ्नो असाधारण ब्याटिंगको दममा टीमलाई पहिलो ईनिंग्सको आधारमा १९० रनले पछाड़िए पनि असाधारण जीत दिलाए। पहिलो ईनिंग्सको आधारमा बढ़त हासिल गरेपछि भारतले यसअघि केवल एकपल्ट हारको सामना (२०१५-मा श्रीलंका विरुद्ध गाल टेस्टमा, १९२ रनको बढ़त हासिल गरेपछि) गर्नु परेको थियो। म्याचपछि द्रविड़ले भने, हामीले त्यसलाई (ब्याजबल) रोक्ने तरिका खोज्नु पर्नेछ। मैले निश्चित रूपले यस स्तरको बलिंग विरुद्ध लामो समयसम्म यस्तो गरेको (स्वीप, रिभर्स स्वीप आदि खेलेको) देखेको थिइनँ।
भारतीय प्रशिक्षकले भने, हामीले पहिला पनि खेलाड़ीहरूलाई यस्तो गर्ने प्रयास गरिरहेको अनि केही असाधारण ईनिंग्स खेलेको देखेका थियौं तर यति कम्ती गल्ती अनि यति सफलतापूर्वक (स्पिनरहरू विरुद्ध) खेलेको मैले शायद पहिला देखेको थिइनँ। बलरहरूका लय बिगार्न नियमित रूपले रिभर्स स्वीप खेल्ने पोपको रणनीतिको पनि द्रविड़ले सराहना गरे। उनले भने, विशेषगरी रिभर्स स्वीप। भारतीय मैदानहरूमा हामीले अतीतमा पनि धेरैले यस्ता शट्हरू खेलेको देखेका थियौं तर यति लामो समयसम्म सटीकताको साथ यस्तो गर्नु सजिलो हुँदैन। पोपले असाधारण ब्याटिंग गरे।
यसको साथमा द्रविड़ले उनको टीमले चाँड़ै पुनरागमन गर्ने आशा व्यक्त गरे। स्पिनरहरू अधिक अनुशासित हुने आवश्यकता रहेको बताउँदै द्रविड़ले भने, बललाई पीच गर्ने मामिलामा हामी अधिक अनुशासित हुनु पर्नेछ। हामी यस विषयमा निश्चित रूपले काम गर्नेछौं अनि मैदानमा सफलता हासिल गर्नेछौं। हामीसँग केही विश्वस्तरीय स्पिनर रहेका छन्। हामीलाई उनीहरूले चुनौती दिएको यो पहिलोपल्ट होइन। यस म्याचमा पोपले साँच्चै असाधारण ब्याटिंग गरे अनि कसैले केही असाधारण कार्य गरे हामी हात मिलाएर उनलाई बधाई अवश्यै दिन्छौं।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *