भलिबल टुर्नामेण्टमा आरबीसी बीचकमान च्याम्पियन

IMG-20240129-WA0071.jpg

रोंगचोंग, २९ जनवरीः पहाड़ी युवा संघ, रोंगचोंगको तत्त्वावधानमा आयोजित विण्टर कप भलिबल टुर्नामेण्टमा आरबीसी बीचकमान च्याम्पियन भयो। रोंगचोंग पब्लिक ग्राउण्डमा आइतवार भएको भलिबल टुर्नामेण्टको फाइनलमा आरबीसी बीचकमानले ब्रदर्स युनाइटेड, कालेबुङलाई सीधा सेटमा २५-१०, २५-२३, २६-२५-ले पराजित गऱ्यो। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा १० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो।

फाइनलमा मुख्य अतिथिको रूपमा रतन थापा (एक्जीक्यूटिभ सभासद, मंगपू-लाब्दा समष्टि) उपस्थित थिए। यसरी विशिष्ट अतिथिको रूपमा रोंगचोंग ग्राम पञ्चायत प्रधान ममता थापा, सदस्य अमित गुरुङ, सदस्य आशिष राई र समिति सदस्य सर्शया राई उपस्थित थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *