काेचबिहार: जिल्लाको शीतलकुची ब्लकको गोलेनाहाटी गाउँको एउटा घरमा आइतवार आगलागीको कारणले चार बीघा धान सहित घरका सम्पूर्ण सामानहरू जलेर खरानी भएका छन्। घटनामा ज्यानहानि भएको समाचार छैन।
ग्रामीणहरूले बताए, कान्तेश्वर बर्मनको भान्सा घरमा अचानक आगलागी भयो। हेर्दा-हेर्दै आगोले छिमेकको घरलाई पनि चपेटमा पाऱ्यो। यस आगलागीमा चार बीघा धान जलेर खरानी भएको छ। आगलागीको सूचना पाएर शीतलकुची दमकल केन्द्रबाट दमकल सहित दमकलकर्मीहरू घटनास्थलमा आइपुगे र घण्टौंको सङ्घर्षपछि आगोलाई नियन्त्रण गर्न सफल भए। यता घटनाको जानकारी पाएर शीतलकुची थानाको पुलिस पनि घटनास्थलमा आइपुग्यो।
घरका मालिक कान्तेश्वरकी पत्नी सुमति बर्मनले बताइन्, बिहान शर्ट सर्किटको कारणले सबैभन्दा पहिला आगो भान्सा घरमा लाग्यो र हेर्दा-हेर्दै आगो फैलियो। आगलागीमा घरमा राखेको धान, फर्नीचर लगायत अन्य आवश्यक कागजपत्रहरू सबै जलेर खरानी भयो। यसरी नै शीतलकुची दमकल केन्द्रका ओसी बब्लु कुमार मण्डलले बताए, आगोलाई नियन्त्रित गरिएको छ। आगलागीको कारण पत्तो लगाउनको लागि जाँच गरिँदैछ।