गोरायुमो मिरिक ब्राञ्च कमिटीको सांङ्ठनिक सभा सम्पन्न

IMG-20240128-WA0189.jpg

मिरिक: गोर्खा राष्ट्रिय युवा मोर्चाले आफ्नो सांङ्ठनिक विस्तारलाई तीब्रता दिन्दै आज गोरायुमो मिरिक ब्राञ्च कमिटी सांङ्ठनिक सभा पार्टी कार्यालय मिरिकमा सम्पन्न भएको छ। मिरिक ब्राञ्च कमिटी अध्यक्ष महेन्द्र खड्काको प्रमुख उपस्थितिमा गोरायुमो मिरिक ब्राञ्च कमिटीका अध्यक्ष रुचन राई साथै गोरायुमो मिरिक ब्राञ्च कमिटीका प्रतिनिधिवर्ग उपस्थित रहेका थिए। सभामा गोरायुमो मिरिक ब्राञ्चलाई सांङ्ठनिक विस्तारमा तीब्रता ल्याउनको निम्ति सौरेनी पानीघट्टा समष्टि अन्तर्गत सौरेनी क्षेत्रको निम्ति संयोजकको खाँचो रहेका कारण संयोजक चयन गर्ने सभाले प्रस्ताव पारित गर्‍यो। यसै क्रममा बुङकुलुङ बस्ती निवासी तारा राईलाई सर्वसहमतिले सौरेनी क्षेत्रको निम्ति संयोजक चयन गर्दै तारा राईलाई गोरायुमो मिरिक ब्राञ्च कमिटी अध्यक्ष रुचेन राईद्वारा पत्र हस्तान्तरण गरियो।

सभापछि तारा राईले पार्टीले गोरामुमो अध्यक्ष मन घिसिङको निर्देशनलाई शिरोपर गर्दै पार्टीको सिद्धान्त अनि अनुशासनमा रहेर कार्य गर्ने साथै गोरायुमो ब्राञ्च कमिटी अध्यक्ष रुचेन राई अनि सचिव निश्चल थापा संग सहकार्य गरेर कार्य गर्ने, संगठनको बिस्तारको निम्तिको इमानदारीपूर्वक कार्य गर्ने वचन समेत दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement