गोरामुमो कालेबुङ २३ नम्बर समष्टि गठन

IMG-20240128-WA0197.jpg

कालेबुङ: गोरामुमो कालेबुङद्वारा अध्यक्ष मन घिसिङको निर्देशन अनुरुप आफ्नो सांङ्ठनिक विस्तारलाई व्यापक रुपमा अगि बडाईरहेका छन्। समष्टि पुनर्गठनदेखि लिएर शाखा प्रशाखाहरु विस्तार गर्ने कार्यलाई तीब्रता दिएको जानकारी प्राप्त भएको छ।यसै क्रममा आज २३ नम्बर समष्टि अन्तर्गत पुदुङ सार्वजनिक भवनमा गोरामुमो केन्द्रीय समिति सेक्रेटरी जनरल दावा शेर्पाको प्रमुख उपस्थितिमा केन्द्रीय समिति सदस्यगण, गोरायुमो कालेबुङ ब्राञ्च कमिटी अध्यक्ष बुद्ध तामाङ, गोरामुमो कालेबुङ कार्यकारिणी सचिव लोप्साङ तामाङ, गोरानासं, गोरायुमो लगायत व्यापक गोरामुमो कार्यकर्ताहरुको उपस्थिति रहेका थिए। सभामा व्यापक छलफल पछि २३ नम्बर समष्टि गठन गर्ने सभाले प्रस्ताव पारित गर्‍यो। २३ नम्बर समष्टिको अध्यक्ष पदमा दिनेस कुमार राई अनि उपाध्यक्षमा सन्तोष घिसिङलाई सर्वसहमतिले चयन गरियो। यसै गरी मूल सचिवमा प्रकाश गुरुङ, सह सचिवमा तुलासिंह तामाङलाई चयन गरिएको छ। कोषाध्यक्षामा अनिता खरेल अनि सरिता तामाङलाई चयन गरिएका छन्। मुख्य सल्लाहकारहरुमा लोप्साङ तामाङ, बिकाश मुखिया, देव कुमार राई, सुरेन खालिङलाई चयन गरिएका छन् भने १७ जनाको कार्यकारिणी सदस्यहरु चयन गरिएका छन्। वर्तमान पहाडको राजनैतिक अवस्थालाई मध्यनजर गर्दै गोर्खा जातिको भविष्यलाई टुङ्गोमा पुर्‍याउने अभिप्रायले संस्थापक अध्यक्ष सुवास घिसिङको सपनालाई साकार गराउन गोरामुमो अध्यक्ष मन घिसिङको नेतृत्वमा गोरामुमो लागि परेको केन्द्रीय समिति सेक्रेटरी जनरल दावा शेर्पाले सभालाई जानकारी गराए। यसैकारण गोर्खा जातिको मुद्दा फत्ते गर्न केवल गोरामुमोको मात्र कर्तव्य होइन तर प्रत्येक गोर्खा जातिको पनि कर्तब्य हो।

अध्यक्ष मन घिसिङको हात बलियो बनाउनको निम्ति गोरामुमो कालेबुङ लागि परेको दावा शेर्पाले थप जानकारी दिएका छन्। यसै क्रममा नव गठित समष्टिका प्रतिनिधिवर्गलाई बधाई अनि शुभकामना दिन्दै दावा शेर्पाले नियुक्ति पत्र समेत हस्तान्तरण गरेका छन्।

About Author

Advertisement