सोनादा: गोरामुमो अध्यक्ष मन घिसिङले पार्टीको निम्ति होइन तर जातिको निम्ति दिल्लीमा आफ्नो कार्यलाई जारी राखेका छन्। उनको कार्य सफल होस् पहाडको देवी देवरालीले आशिर्वाद प्रदान गरुन् र गोर्खा जातिले चाडैंनै न्याय पाउन सकुन् भनी काममा गर्दै आज गोरामुमो रंगबुल धोतरिया रंगबुक समष्टि अन्तर्गत निम्न सोनादा कोर कमिटीका अध्यक्ष किशोर थापाले अध्यक्ष मन घिसिङलाई शुभकामना समेत दिएका छन्। गोरामुमो केन्द्रीय समिति सदस्य अरुण राईको प्रमुख उपस्थितिमा निम्न सोनादा नाली चाउर सार्वजनिक भवनमा सांङ्ठनिक सभा बस्यो। निम्न सोनादा अन्तर्गत रहेको सम्पुर्ण शाखा प्रशाखाका प्रतिनिधिवर्गको व्यापक उपस्थितिमा भ्रातृ संगठनका प्रतिनिधिवर्गको पनि उपस्थित रहेको गोरायुमो सदस्य रजत राईले जानकारी दिएका छन्। अध्यक्ष मन घिसिङको निर्देशनमा संगठनलाई बलियो बनाउनको निम्ति सांङ्ठनिक सभाको आयोजना गरिएको किशोर थापाले थप जानकारी गराउँदै भने, गोरामुमो अध्यक्ष मन घिसिङ दिल्लीमा गोर्खा जातिले चाढ़ै न्याय पाउन सकोस् भनी आफ्नो कार्यमा लागि परेका छन्। उनको हातलाई बलियो बनाउन तपाईं हामी सबैको कर्तव्य हो। केन्द्र सरकारले पनि अब गोर्खाहरुलाई न्याय दिनु पर्छ। संकल्प पत्रमा उल्लेख गरिएको स्थायी राजनैतिक समाधान चाडैं हुन पर्छ भन्ने गोरामुमोको मांग रहेको छ हामी आस्वस्त छौं भनी उनले आफ्नो विज्ञप्तिमा बताएका छन्।