खरसाङ: गोर्खा परदेशी परिवार गुरुग्राम हरियाणाद्वारा खरसाङका वरिष्ठ संगीतकार, संगीत संयोजक राजु सुन्दासलाई सम्बर्द्धना जनाएको छ। गायक बिनोद लाबरको वासस्थानमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष दर्पण तामाङ, महासचिव गोपाल खत्री, सत्यम थापा, संजीव गहतराज, धिरेन शासंकर, लक्की तामाङ, भीम सुनार, रमेश सेवा अनि गायक लाक्पा छिरिङ तामाङको उपस्थितिमा वरिष्ठ संगीतकार युवराज युन्दासलाई सम्बर्ध्दना जनाइएको छ। सांगीतिक भ्रमणमा दिल्ली पुगेका सुन्दासले नेपाली संगीत जगतलाई कालजयी गीतहरु दिएर धनी तुल्याएको साथै नेपाली संगीतमा उनले दिएको योगदानको लागि सम्बर्ध्दना जनाइएको जानकारी प्राप्त भएको छ। वरिष्ठ संगीतकार राजु सुन्दासले गरेको धेरैवटा गीतहरूमध्ये “कसको माया कसको मोह”, “फेरि फेरि तिमीले मलाई” जस्ता चर्चित गीतहरु छन्। यस्ता महान संगीत साधक र सांगीतिक व्यक्तित्वलाई सम्मान गर्न पाउँदा गोर्खा परदेशी परिवारका सम्पूर्ण सदस्यहरु धेरै हर्ष महसुस गरेको जानकारी प्राप्त भएको छ।










