वीरपाडाः लङ्कापाडा चियाबारीस्थित २० नम्बर लाइन गुम्बा परिसर अनि बल्लालगढी होलापाडा बाह्रआले चौपत्तीमा सोलर हाइ मस्ट लाइटको उद्घाटन आज क्षेत्रको विधायक मनोज तिग्गाको बाहुलीबाट गरियो। विधायक मनोज तिग्गाको बाहुलीबाट नरियल फुटाएर सोलर हाइ मस्ट लाइटको शुभारम्भ गरियो। आज बिहान उक्त स्थलमा मदारीहाट खण्डको विधायक मनोज तिग्गाले उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै विधायक मनोज तिग्गाले बताए कि लङ्कापाडाको गुम्बाको सुरक्षा अनि प्रकाशको निम्ति साथै बाह्रआले चौपतीमा प्रकाश बनिरहोस् भनी विधायक कोषबाट दुई वटा सोलर हाइ मस्ट लाईट लगाएको बताए। विधायक विकास प्रकल्प कोषबाट दुई स्थानमा सोलर हाइ मस्ट लाईटको आवन्टन गरिएको हो।
उक्त सोलर हाइ मस्ट लाइटको सुरक्षा गर्ने सबै नागरिकको जिम्मेवारी रहेको २ नम्बर मण्डल अध्यक्ष कैलाश याखाले बताए। सोलर हाइ मस्ट बत्तीको जडानले सबै नै खुशी बनेको तिनले अझ बताए। कार्यक्रममा भाजपाका २ नम्बर मण्डल समितिका सभापति कैलाश याखा, सह सभापति उदय लामा, डम्बर तामाङ, सौगात थापा, सङ्गीता राई, रेशमी तामाङ, रिना मुण्डा, दिलबहादुर सुनार, मन्जित तामाङ, सन्तोष शर्मा, बलराज डुम्जन, मेघना मगर साथै गुम्बा समितिका सदस्य कल्याण लामा, बागमन लामा, अजित तामाङ आदि उपस्थित थिए।