नेपाल सधैं एक चीन नीतिको पक्षमा छ: शंकर पोख्रेल

1000548273.jpg

काठमाडौं: नेकपा एमालेका महासचिव शंकर पोख्रेलले नेपाल सधैं एक चीन नीतिको पक्षमा रहेको बताएका छन्।चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानसँगको अन्तर्क्रिया कार्यक्रममा महासचिव पोख्रेलले आगामी दिनमा पनि एक चीन नीतिकै पक्षमा रहने बताएका हुन्। महासचिव पोख्रेलले नेपालका बारेमा अरूले छर्ने भ्रमबारे चीनले चिन्ता गर्नु नपर्ने बताउँदै नेपाल आफैं सम्बन्ध सञ्चालनमा सक्षम रहेको बताए ।साथै उनले आफूहरू दुई छिमेकीलाई विश्वासमा लिएर काम गर्न चाहेको उल्लेख गरे। उनले बीआरआईका सन्दर्भमा परियोजना पहिचानमा पछि परेको र छिटो गर्नुपर्ने पार्टीको धारणा रहेको बताए ।कोभिडका बेला बन्द भएका नाका खोल्न आग्रह गर्दै उनले खुलेका नाका पर्याप्त नभएको बताए।

About Author

Advertisement