इग्नूले शिक्षाको ज्योति फैलाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छः राज्यपाल

1000459073.jpg

गान्तोक: इग्नूको क्षेत्रीय निदेशक डा. योनाह भोटियाको अगुवाईमा एक प्रतिनिधि टोलीले सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यसॅंग आज राजभवनमा शिष्टाचार भेट गरेको छ।

यस भेट अवधि इग्नू, क्षेत्रीय केन्द्र, गान्तोकद्वारा भइरहेका विभिन्न गतिविधिहरू र पाठ्यक्रमको बारेमा जानकारी दिए। यस क्रममा डा. योनाहले राज्यको शिक्षा क्षेत्रमा इग्नूको योगदानमाथि पनि प्रकाश पारे।

शिक्षण संस्थानहरूको माध्यमद्वारा शिक्षाको क्षेत्रमा इग्नूले दिएका योगदानमा प्रसन्नता व्यक्त गर्दै राज्यपालले भने, कुनै परिस्थितिवश जुन व्यक्तिहरू नियमित पाठ्यक्रमसॅंग जोडिन पाउॅंदैन, यस्ता धेरै व्यक्तिहरूलाई इग्नूले साक्षर बनाउने कार्य गरेको छ। इग्नूले शिक्षाको ज्योति फैलाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *