पुदिना कतिका लागि फाइदाजनक नहुनसक्छ

1577171691_mint_big_1.jpg

घरमा लगाइने रुख तथा बिरुवामा यस्ता धेरै गुण पाइन्छ, जुन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ। यी सबै बिरुवाहरु मध्ये, पुदिना बिरुवा धेरै जसो मानिसहरुको घरमा पाइन्छ। पुदिनाबाट दन्तमञ्जन, टूथपेस्ट, च्युइङगम, माउथ फ्रेसनर, मिठाई आदि बनाइन्छ। यसबाहेक आयुर्वेदमा पुदिनाको प्रयोग अन्य रोगको उपचारमा पनि गरिन्छ। तर यो विश्वास गरिन्छ, जब कुनै चीज आवश्यकता भन्दा बढी प्रयोग गरिन्छ, यसको साइड इफेक्ट हाम्रो शरीरमा देखा पर्दछ। यसरी धेरै मात्रामा पुदिनाको सेवनले केही नोक्सान हुनसक्छ।
पुदिनाबाट हुनसक्ने नोक्सानीहरु:
१) ग्यास्ट्रो ओसोफेजियल रिफ्लक्स रोगबाट पीडित व्यक्तिहरूले पुदिनाको प्रयोग नगर्न सुझाव दिइन्छ।
२) गर्भावस्थामा पुदिनाको चिया पिउनाले गर्भपतनको जोखिम धेरै पटक बढ्छ, त्यसैले महिलाले गर्भावस्थामा यसको प्रयोग गर्नु हुँदैन।
३) पुदिनाको अत्याधिक प्रयोगले मिर्गौला र आन्द्रालाई हानि पुर्यापउनसक्छ।
४) यदी मृगौलाको रोगी छ भने पुदिना खानु हुँदैन, यसले झन समस्यामा ल्याउनसक्छ।
५) यसले रगतमा चिनीको मात्रा कम गराउँछ।
६) सात आठ वर्ष भन्दा मुनिका बालबालिकाको लागि पुदिना राम्रो मानिँदैन।
७) जसको छाला संवेदनशील छ, उनीहरूलाई मेन्थोलसँग एलर्जी हुनसक्छ। त्यसैले उनीहरूले यसको सेवन गर्नुपर्छ र यसबाट टाढा रहनुपर्छ।
८) कलेजोको बिरामी छ भने सकेसम्म पुदिनाको सेवन नगरेको राम्रो।
पुदिनाको पातमा आफैमा धेरै औषधीय प्रभावहरु रहेका हुन्छन, जसको सेवनले शरीरलाई अत्यधिक लाभदायक मानिन्छ। पुदिनाको पातले हरियो सलाद, चटनी, राइता र पुदिना चियासहित विभिन्न प्रकारका खानाहरूमा छुट्टै र अद्वितीय स्वाद थप्छ।
यसको सम्भावित स्वास्थ्य लाभहरू भए पनि कतिपय अवस्थामा यो हानिकारक पनि हुने भएकाले यसको प्रयोग गर्नु अघि एक योग्य चिकित्सकसँग परामर्श लिनुपर्छ।
अस्वीकरण: यो सामग्री केवल साधारण जानकारीको लागि मात्र होl द् रिपब्लिक इण्डियन यस्तो कुनै दाबी गर्दैनल सधैं आफ्नो चिकित्सकसित परामर्श लिनुपर्छl

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *