दुर्घटनामा एकजना युवकको मृत्यु

IMG-20230528-WA0320-5-300x172-8

कालचिनीः शुक्रबार गणतन्त्र दिवसको साँझपख कालचिनी थाना अधीनस्थ निमती आउटपोस्ट अन्तर्गत पोरो नजीक ३१सी राष्ट्रिय राजमार्गमा एउटा वाहनको धक्काले मोटरबाइक सवार एकजना युवकको घटनास्थलमा नै मृत्यु भएको घटना प्रकासमा आएको छ। प्राप्त जानकारी अनुसार, हेमिल्टनगञ्ज रबिन्द्रनगर कलोनी निवासी कालाचाँद साहा आफ्नो ३ जना साथीहरू साथमा लिएर समुकतला ससुराली गइरहेको थियो।
३१ सी राष्ट्रिय राजमार्गको पोरो नजीक पुग्दा कुनै वाहनको धक्काले कालाचाँद साहाको मृत्यु भएको पुलिस सुत्रले जनाएका छन्।
यद्यपि यता हेमिल्टनगञ्जका मानिसहरूले यो दुर्घटना नभएर हत्या हुन सक्ने आशङ्का व्यक्त गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *