गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले मेघालयका मुख्यमन्त्री कनराड के. साङ्गमालाई जन्मदिनको बधाई एवं शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्रीले आज आफ्नो फेसबुक पेजमार्फत मुख्यमन्त्री साङ्गमालाई जन्मदिनको बधाई दिएका छन्। उनले मेघालयको मुख्यमन्त्री एवं प्रिय मित्र कनराड के. साङ्गमा जन्मदिनको शुभकामना भनेका छन्। जीवनको अर्को वर्ष मनाउने क्रममा सफलतासॅंग आनन्द रहोस्, सकारात्मक प्रभावबाट पूर्ति उत्पन्न होस र आगामी वर्षले थप उपलब्धिहरू, सुस्वास्थ्य र समृद्धि लिएर आओस् भनी उनले कामना पनि गरेका छन्।