१७औं सुकना गोल्ड कपमाकालेबुङ पुलिस च्याम्पियन

IMG-20240127-WA0199.jpg

सुकना, २७ जनवरीः सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको आयोजन अनि युवा मामिला एवम् खेलकुद विभाग, जीटीए-को सहयोगमा जारी सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १७औं संस्करणमा कालेबुङ पुलिस च्याम्पियन भयो। शनिवार सुकना हाई स्कूल खेल मैदानमा भएको टुर्नामेण्टको फाइनल म्याचमा कालेबुङ पुलिसले युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-लाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र सप्तक शेर्पाले २४औं मिनटमा गरे। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो।

यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। समापन समारोहमा मुख्य अतिथिको रूपमा जीटीए-का प्रमुख कार्यपाल अनित थापा उपस्थित थिए।

संक्षिप्तमाः १७औं सुकना गोल्ड कप
च्याम्पियनः कालेबुङ पुलिस
रनरअपः युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)
प्लेयर अव् द म्याचः सप्तक शेर्पा (कालेबुङ पुलिस)
बेष्ट डिफेण्डरः रोशन राई (कालेबुङ पुलिस)
बेस्ट मीडफिल्डरः विशाल छेत्री (कालेबुङ पुलिस)
बेस्ट स्ट्राईकरः हेमराज भुजेल (कालेबुङ पुलिस)
बेस्ट गोलकीपरः अरुण सुब्बा (कालेबुङ पुलिस)
प्लेयर अव् द टुर्नामेण्टः प्रणीत सुन्दास (कालेबुङ पुलिस)
बेस्ट साईड ब्याकः राज राउत (यूकेएफसी)
बेस्ट विंगरः चिराग भुजेल (यूकेएफसी)
हाईएस्ट स्कोररः प्रणय राई (युनाइटेड एफसी दार्जीलिङ)
फेयर प्ले ट्रफीः युनाइटेड एफसी दार्जीलिङ

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement