हत्याका दोषीलाई अमेरिकामा पहिलो पटक नाइट्रोजनद्वारा मृत्युदण्ड

IMG-20240127-WA0167.jpg

अमेरिकाको राज्य अलाबामामा हत्याको अभियोगमा दोषी ठहर भएका केनेथ युजीन स्मिथलाई नाइट्रोजन ग्यास दिएर मृत्युदण्ड दिएको छ। अमेरिकामा पहिलो पटक मृत्युदण्डका लागि यो विधि अपनाएको छ। यसका साथै उनी ग्यासबाट मारिने विश्वकै पहिलो कानुनी अपराधी बनेका छन्। ५८ वर्षीय स्मिथले यस सजायविरुद्ध सर्वोच्च अदालतमा दुईवटा अपील गरेका थिए भने संघीय अदालतमा पनि अपील गरेका थिए। यो मृत्युदण्डको क्रूर र असामान्य तरिका हो भन्ने उनको उनको तर्क थियो। स्मिथको अनुहारमा एयरटाइट मास्क बाँधिएको थियो र उनलाई नाइट्रोजन सास फेर्न बाध्य पारिएको थियो। नाइट्रोजन एक ग्यास हो जसले शरीरलाई निष्क्रिय पार्छ। यो ग्यास शरीर भित्र जाने बित्तिकै भित्रको अक्सिजन नष्ट हुन्छ। उनी सन् १९९८ को हत्याको मुद्दामा दोषी ठहर भएका थिए। उनले एक धार्मिक प्रचारककी पत्नी एलिजाबेथ सेनेटको हत्या गरेका थिए। यो हत्या पैसाको बदलामा भएको हो। सेनेटलाई पहिले छुरी प्रहार गरेर कुटपिट गरी हत्या गरिएको थियो। यसका लागि स्मिथ र उनको पार्टनरलाई पक्राउ गरिएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *