कालचिनी: गत केही महीना अघि मात्र मुख्यमन्त्रीद्वारा रिमोट माध्यममा उद्घाटन गरिएको कालचिनी खण्डको राधारानी चियाबारी स्थित पीएचई जल परिसेवा हुँदाहुँदै पनि पिउने पानीको हाहाकारमा बाँच्न बाध्य छन् नयाँ बस्तीका मानिसहरू।

पीएचई ट्याङ्की तयार भएर घर घरमा पाइपलाइन जड़ान गरिएता पनि नयाँ बस्तीका प्रायः १५० घरले आज पनि गाउँबाट ३ किलोमीटर जंगलबीचको पहाड़बाट पानी खनेर ल्याउन बाध्य भएको गाउँलेहरूले जनाएका छन्।
पारम्परिक रुपमा बन विभागको सहयोगितामा गाउँलेहरूले ३ किलोमीटर टाढ़ा आदमा २ नम्बर कम्पार्टमेन्टमा बनाएको पानीको प्राकृतिक जलाशय अहिले बर्षाको भेलले भत्किएको र कहिलेकहीँ जंगली जानवरले मैला गर्ने औ त्यहाँबाट ल्याईएको पाइपहरु सबै भत्काउने औ फुटाउने गरेकोले अहिले पिउने पानीको हाहाकारमा बाँच्न बाध्य भएको नयाँ बस्ती बासिन्दाहरूले जनाएका छन्।

गाउँलेहरुले यथाशीघ्र पिउने पानीको समस्या समाधान गर्ने सरकार समक्ष निवेदन गरेका छन्।









