आदिवासी गोर्खा संयुक्त समितीद्वारा सिजर स्कुलमा नेपाली र सादरी भाषामा पठन-पाठन माग

मालबजार: आदिवासी गोर्खा संयुक्त समितिको तर्फबाट आज मालबजार स्थित सिजर स्कुलमा एउटा विषय नेपाली र सादरी भाषामा पठन-पाठन गराउनु पर्ने माग लिएर ज्ञापन दिए। आज आदिवासी गोर्खा संयुक्त मोर्चाको प्रतिनिधिहरूले स्कुलका प्रिन्सिपल दिलीपकुमार सरकारलाई भेट गर्दै ज्ञापन दिएका छन्। आदिवासी गोर्खा संयुक्त मोर्चाका अध्यक्ष सघन मोक्तानले भने, डुवर्स गोर्खा र आदिवासी बाहुल क्षेत्र हो। सिजर स्कुलको यहाँको स्थापित स्कुलहरू मध्ये एक हो। यहाँ विभिन्न भाषा-भाषीका विद्यार्थीहरू पठ्न-पाठन गर्छन्। अन्य भाषाका विद्यार्थीहरूले एउटा विषय आफ्नो मातृ भाषामा पठन-पाठन गर्न पाइरहेका छन्। तर नेपाली र आदिवासी भाषी विद्यार्थीहरू आफ्नो मातृ भाषामा एउटा विषय पढन पनि वञ्चित छन्। यसैले स्कुलले चाँडै भन्दा चाँडै नेपाली र सादरीमा एउटा भाषामा पठ्न पाठन गर्ने व्यवस्था गर्नुपर्ने माग गरेका छन्। आज ज्ञापन दिने क्रममा आदिवासी गोर्खा संयुक्त मोर्चाको अध्यक्ष सघन मोक्तान, सतराम कुजूर एवं जोकीम केरकेट्टा आदिको उपस्थिति रहेको थियो। ज्ञापन विषयमा सिजर स्कुलका प्रिन्सिपल दिलीपकुमार सरकारले भने, यस विषयमा ट्रस्ट अनि स्कुल सञ्चालन समितिसित कुरा राख्ने छु। स्मरण रहोस यस बिषय लिएर आगोससले अगावै वेस्ट बेङ्गाल बिशप एसोसिएसनका महासचिवलाई ज्ञापन जनवरी महीनामा दिइसकेको छन्।

About Author

Advertisement