नयाँ दिल्ली, २५ जनवरीः भारतका पेशादार बक्सर मन्दीप जांगड़ाले शुक्रवार अमेरिकाको वाशिंगटनमा टोपेनिश सिटीमा इण्टरकण्टिनेण्टल खिताबको निम्ति अमेरिकी बक्सर गेरार्डो इस्क्विवेलको चुनौती स्वीकार्नेछन्। रोय जोन्स जूनियरबाट प्रशिक्षण लिने जांगड़ाले आफ्नो ७५ किग्रा ओजनलाई कम्ती गर्न निक्कै मेहनत गरेका छन् अनि अब उनी ५९ किग्रा ओजन वर्गमा लड़ाइँ गर्नेछन्। यो उनको करियरको सबैभन्दा ठूलो लड़ाइँ हुनेछ। जांगड़ाले अहिलेसम्म आफ्नो पेशादार करियरमा ६ वटा बाउटमा हिस्सा लिएर जम्मै जितेका छन्। यसमा चारवटा नक्आउट पनि सामेल छ। भारतीय बक्सरले आफ्नो पहिलो लड़ाइँ २०२१-मा जितेका थिए अनि अन्तिमपल्ट अगस्त २०२३-मा जीत हासिल गरेका थिए।









