अष्ट्रेलियन ओपनः ज्वेरेवको साथमा यास्त्रेमस्का सेमिफाइनलमा

IMG-20240125-WA0150.jpg

मेलबर्न, २५ जनवरीः छैटौं वरीयता प्राप्त एलेक्जेण्डर ज्वेरेवले बुधवार राति दोस्रो ऱ्यांकिंग भएकी खेलाड़ी कार्लोस अल्काराजलाई पराजित गरी अष्ट्रेलियन ओपन टेनिस टुर्नामेण्टमा पुरुष एकलको सेमिफाइनलमा स्थान बनाए। सेमिफाइनलमा उनको भिड़न्त दुईपल्ट फाइनलमा पुग्ने दानिल मेदवेदेवसँग हुनेछ। ओलम्पिक च्याम्पियन जर्मन खेलाड़ी ज्वेरेव तेस्रो सेटमा पछाड़िए अनि सर्विसको मौका गुमाए तर चौथो सेटमा चाहिँ उनले कुनै गल्ती गरेनन् अनि ६-१, ६-३, ६-७ (२), ६-४-ले जीत हासिल गरे। अल्काराजले गत वर्ष प्रतिष्ठित ग्राण्ड स्ल्याम विम्बल्डनको खिताब जितेका थिए अनि उनी २०२३-मा १० पल्टको अष्ट्रेलियन ओपन च्याम्पियन नोवाक जोकोविचलाई पराजित गर्ने एकमात्र खेलाड़ी थिए। यसपाली सालको पहिलो ग्राण्ड स्ल्याममा चाहिँ २० वर्षीय स्पेनिश खेलाड़ीले फाइनल खेल्ने मौका पाएनन्। यो ज्वेरेवको ग्राण्ड स्ल्याममा शीर्ष पाँचमा सामेल खेलाड़ी विरुद्ध पहिलो जीत हो अनि उनी सातौंपल्ट मेजर टुर्नामेण्टको सेमिफाइनलमा पुगेका छन्।
यसरी अष्ट्रेलियन ओपनमा दुईपल्ट फाइनलमा पुग्ने तेस्रो ऱ्यांकिंग भएका रुसका खेलाड़ी मेदवेदेवले नवौं वरीयता प्राप्त नर्वेका खेलाड़ी हुबर्ट हुर्काजलाई ७-६ (४), २-६, ६-३, ५-७, ६-४-ले पराजित गरी चार सालमा तेस्रोपल्ट सेमिफाइनलमा स्थान बनाए। अष्ट्रेलियन ओपनमा पुरुष एकलको दोस्रो सेमिफाइनलमा जोकोविचको भिड़न्त यानिक सिनरसँग हुनेछ।

यसअघि युक्रेनकी २३ वर्षीय डायना यास्त्रामस्काले १९ वर्षीय लिण्डा नोस्कोवालाई ६-३, ६-४-ले पराजित गरी महिला एकलको सेमिफाइनलमा प्रवेश गरिन्। उनी पहिलोपल्ट कुनै ग्राण्ड स्ल्यामको अन्तिम चारमा पुगेकी छन्। युक्रेनकी ९३औं ऱ्यांकिंग भएकी यास्त्रेमस्काले क्वालीफायरको माध्यमले टुर्नामेण्टको मुख्य ड्र-मा स्थान पाएकी थिइन्। सेमिफाइनलमा उनको भिड़न्त चीनकी १२औं ऱ्यांकिंग भएकी झेंग किन्वेन या अन्ना कालिन्स्कायासँग हुनेछ। यास्त्रेमस्का १९७८-मा क्रिस्टीन स्टोरीपछि ओपन युगमा अष्ट्रेलियन ओपनमा महिला एकलको सेमिफाइनलमा पुग्ने दोस्रो क्वालीफायर हुन्। नोस्कोवाले क्वार्टर फाइनलसम्मको गोरेटोमा शीर्ष वरीयता प्राप्त पोल्याण्डकी इगा स्वियातेकलाई पराजित गरेकी थिइन्।

About Author

Advertisement