गान्तोक: गत ९-१२ देखि दिल्लीमा आयोजित राष्ट्रियस्तरको कला उत्सवमा वेस्ट पोइन्ट वरिष्ठ माध्यमिक विद्यालयमा १२औं श्रेणीमा अध्ययनरत साहिल राईले नृत्य-शास्त्रीय श्रेणी अन्तर्गत तेस्रो स्थान हासिल गरेका छन्।
यसै क्रममा साम्सयोङ देञ्चुङ निवासी निवासी सायोन राई, नाम्ली छुबा निवासी साङ्गे तामाङ राष्ट्रीयस्तरको परिक्षा पे चर्चा-२०२४ को निम्ति छनौट भएका छन्।
मदन तामाङ, समग्र शिक्षा, शिक्षा विभाग (मुख्यालय), आसाम लिंङजे सरकारी वरिष्ठ माध्यमिक विद्यालय, पाक्योङ जिल्लाका शिक्षक एम.बी. सुब्बालाई नयाँ दिल्लीमा आयोजित परिक्षा पे चर्चा-२०२४ को मुख्य कार्यक्रममा उपस्थित हुन आमन्त्रित गरिएको छ, जहाँ प्रधानमन्त्रीले विद्यार्थी, शिक्षक र अभिभावकहरूसँग अन्तरक्रिया गर्नेछन्।
यसरी नै उनीहरूले २६ जनवरीको दिन पालन गरिने गणतन्त्र दिवसमा पनि सहभागिता जनाउने अवसर प्राप्त गरेका छन्। कला उत्सव देशका विद्यालय विद्यार्थीहरूको कलात्मक प्रतिभालाई प्रेरित र प्रदर्शन गरेर शिक्षामा कलालाई प्रवर्द्धन गर्न भारत सरकारको शिक्षा विभागले गरेको एउटा महत्वपूर्ण पहल हो।








