पाकिम जिल्लाका बीएलओहरूलाई लिएर प्रशिक्षण कार्यक्रम आयोजित

IMG-20240124-WA0000.jpg

गान्तोक: आगामी दिनमा सम्पन्न हुने सिक्किम विधानसभाको चुनाउलाई ध्यानमा राख्दै पाकिम जिल्लाका वुथस्तरीय बीएलओहरूलाई आज पाकिम जिल्लामा प्रशिक्षण कार्यक्रम आयोजना गरियो।

यस प्रशिक्षण कार्यक्रम आयोजना गरिनुको मुख्य उद्देश्य निर्वाचनको समयमा प्रभावकारी पहल सुनिश्चित गर्न बीएलओहरूलाई आवश्यक सीप र ज्ञानले सुसज्जित गर्नु रहेको थियो।

कार्यक्रममा कूल ९९ बुथ स्तरका अधिकारूहरुले भाग लिएका थिए। यस अवसरमा महिला एवम् वाल विकास विभागका सह आयुक्त पीएन प्रधानले भारतको निर्वाचन आयोग को दिशानिर्देश अन्तर्गत ज्येष्ठ नागरिक र शारीरिकरूमा असक्षम मतदाताहरूलाई उपलब्ध गराइने सुविधाका बारेमा संक्षिप्तरूपमा चर्चा गरे। उनले यो पनि उल्लेख गरे कि अधिकारीहरूले सही तथ्याङ्क उपलब्ध गराउने मतदाताहरू र तल्लो तहबाट घर-घरको समीक्षा मार्फत ज्येष्ठ नागरिकहरू पहिचान गर्ने, र छुटेका योग्य मतदाताहरूलाई समावेश निर्देश दिए।

यसै क्रममा जिल्लापाल टाशी छोपेलले मतदाता सूची अद्यावधिक र परिमार्जनमा बीएलओहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै उनले विसंगतिहरूबाट बाँच्न र उत्तेजित समय सीमा भित्र डाटा उपलब्ध गराउन अधिकारीहरूलाई आग्रह गरे। त्यसपछि उनले मतदानको दिन अन्योल हुन नदिन प्रशिक्षणार्थीहरूलाई सत्रमा ध्यान दिन र आफूलाई यसबारेमा कुनै प्रकारको शंका भएमा हटाउनुपर्ने सुझाउ पनि दिए।

About Author

Advertisement