खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टीको शिवखोलामा अवस्थित आईएनए मेमोरियल उच्च माध्यमिक विद्यालयमा १२७औं नेताजी जयन्तीसितै विद्यालयको २७औं स्थापना दिवस र वार्षिक पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। नेताजी सुवासचन्द्र बोसले स्थापना गरेको आजाद हिन्द फौज (आईएनए) को नाममा नामकरण गरेर दागोपापकालमा सन् १९९७ मा स्थापित आईएनए मेमोरियल उच्च माध्यमिक विद्यालयको २७औं स्थापना दिवससितै नेताजी जयन्ती पमि पालन गरिएको छ। यसै अवसरमा विद्यालयको २०२३ को वार्षिक पुरस्कार वितरण कार्यक्रम पनि सम्पन्न भएको छ।

स्कूल सञ्चालन समितिको उपाध्यक्ष समीर बराईली र स्कूलकी प्रधान अध्यापिका रूथरानी राई, शिक्षकवर्ग र विद्यार्थीहरूको उपस्थितिमा विद्यार्थीहरूलाई वार्षिक पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरिएको छ। विद्यालयले हरेक वर्ष नेताजी जयन्तीसितै स्कूलको स्थापना दिवस पनि पालन गर्ने गर्छन्। त्यही अनुरूप यसपाली पनि नेताजी जयन्तीसितै स्कूलको स्थापना दिवस पनि पालन गरिएको छ। शिवखोलामा अवस्थित यस विद्यालयले तीनधारे महानदी समष्टीको नरबुङ, गिताङ्गे, सिमरिङ, मालुटार, फागुटार क्षेत्रका नानीहरूलाई विगत २७ वर्षेदेखि शिक्षा दिने कार्य गर्दै आईरहेका छन्। यस विद्यालयमा पाँचौंदेखि दशौं श्रेणीसम्मको अध्यापन गराइन्छ। यसपाली को लागि पनि यस विद्यालयमा पाँचौंदेखि नवौं श्रेणीसम्मको लागि भर्ना खोलेका छन्। आजको १२७औं नेताजी जयन्ती र स्कूलको २७औं स्थापना गिवस विषयमा प्रधान अध्यापिका रुथरानी राई र सह शिक्षक युवराज सुन्दासले विस्तृत रूपमा बताएका छन्। दुवैले बताए अनुसार आईएनए मेमोरियल स्कूल कुनामा रहे पनि यसले स्थानीय विद्यार्थीहरूलाई अब्बस तरिकाले शिक्षादान गर्ने कार्य गरिरहेको र नानीहरूले राम्रो शिक्षार्जन गरिरहेको र शिक्षाबाहेक पनि चौतर्फी विकासमा नानीहरूले उन्नति गरिरहेको बताए। आईएनए स्कूलको विद्यार्थीहरूले विभिन्न प्रतियोगिताहरू र अन्य धेरै विधामा असल परिणाम ल्याउन सफल बनेको छ।

स्कूलका विद्यार्थीहरूले महकुमा र जिल्ला स्तरीय विभिन्न प्रतियोगिताहरूमा असल प्रदर्शन गरिरहेका छन्। यसक साथै गत वर्ष २०२३ को सेप्टेम्बर महिनाम स्कूलका विद्यार्थीहरू र शिक्षकहरू भारत स्काउण्ट र गाईडको जम्बुरीमा जोधपुर गएका थिए। त्यसरी नै यसपाली आगामी २६ जनवरीमा हुने गणतन्त्र दिवसमा खरसाङमा हुने गणतन्त्र दिवसको परेडमा स्कूलका विद्यार्थीहरूलाई निमन्त्रणा आएको बताएका छन्।









