ममता ब्यानर्जीले दिइन् नेताजीलाई श्रद्धाञ्जली- नेताजी हराउनुको रहस्य पत्तो नलाग्नु लज्जास्पद

IMG-20230410-WA0169-11-300x172-6

कोलकाताः पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले मंगलवार नेताजी सुभाष चन्द्र बोसलाई श्रद्धाञ्जली दिएकी छन्। यस अवसरमा ममताले भनिन्, नेताजी सुभाष चन्द्र बोस हराएको यतिका वर्षपछि पनि हामीलाई उनको साथ के भएको थियो र उनको मृत्युको मिति थाहा नहुनु लाजमर्दो कुरा हो।

उनले नेताजी हराएको जाँच गराउने वाचा पूरा गरेकोमा भारतीय जनता पार्टी (भाजपा) शासित केन्द्र सरकारमाथि पनि हमला गरिन्। केन्द्रद्वारा राम मन्दिरमा प्राण प्रतिष्ठा समारोहको निम्ति सोमवार आधा दिनको अवकाशको घोषणा गरिएको सन्दर्भमा ममताले भनिन्, आज भोली राजनीतिक विज्ञापनहरूका लागि छुट्टीहरूको घोषणा गरिन्छ। तिनीहरूका लागि कुनै घोषणा गरिन्दैन, जसले देशको स्वतन्त्रताको निम्ति लड्दै आफ्नो प्राण न्योछावर गरेका थिए।

ममताले कोलकातामा नेताजी बोसको प्रतिमामा माल्यार्पण गरेपछि भनिन्, यो भारतको दुर्भाग्य हो, यति वर्षपछि पनि हामीलाई नेताजीको मृत्यु कहिले भयो त्यसको मिति थाहा छैन। हामीलाई थाहा छैन, उनीसित के भएको थियो। यो लज्जास्पद कुरा हो। देशले मंगलवार नेताजीको १२७औं जयन्ती मनाइरहेछ। उनले भनिन्, भाजपाले सत्तामा आउनअघि नेताजी हराएको जाँच गराउने वाचा गरेको थियो तर पछि बिर्स्यो। मैले २० वर्षसम्म नेताजीको जयन्तीलाई राष्ट्रिय अवकाश घोषित गरिने प्रयत्न गरे तर म विफल रहे, कृपया मलाई क्षमा गर्नुहोस्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement