रेलिंग च्याम्पियन्स ट्रफीःरोमाञ्चक जीतको साथ फाइनलमा पुग्यो आयुष फूटबल क्लब

photocollage_202412219591307.jpg

२२ जनवरीः रेलिंग युनाइटेड एसोसिएशनको तत्त्वावधानमा आयोजित रेलिंग च्याम्पियन्स ट्रफी फूटबल टुर्नामेण्टको चौथो सीजनमा आयुष फूटबल क्लब, सुकनाले रोमाञ्चक जीतको साथ फाइनलमा स्थान बनायो। सोमवार खेलिएको दोस्रो सेमिफाइनल म्याचमा आयुष फूटबल क्लबले चाइल्डहुड फूटबल क्लबलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल राम राईले २०औं मिनटमा गरे।

आयुष फूटबल क्लबका अभिषेक लिम्बुलाई प्लेयर अव् द म्याच चयन गरियो। अब २५ जनवरीमा हुने फाइनलमा आजको विजेता आयुष फूटबल क्लब र जर्जियन युनाइटेड फूटबल क्लबबीच भिड़न्त हुनेछ। यस सेभेन ए साइड नक्आउट टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

यसको साथमा सेमिफाइनलमा हार्ने दुवै टीमलाई ५०-५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement