राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा राममय बन्यो डुवर्स

29de7f3a-d6ad-4f2f-8b6d-e503b13d719e

कालचिनीः अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा समारोहलाई केन्द्र गर्दै सोमबार देशभरी नै राम मन्दिरमा पूजा साथै जय श्री रामको नारासहितको ऱ्याली सम्पन्न भएको क्रममा डुवर्सको विभिन्न ठाउँमा रामको नाममा विभिन्न हिन्दु धर्म संस्थाहरूले ऱ्याली निकाले।
यस क्रममा कालचिनी खण्डको हाँसीमारा, जयगाउँ, दलसिंहपाड़ा, कालचिनी, हेमिल्टनगञ्ज, गारोपाड़ा, राजाभातखावा लगायत चियाकमान गाउँ र बस्तीहरूमा सर्वत्र रामको नाममा पूजा अर्चना सम्पन्न भयो। राम मन्दिरको प्राण प्रतिष्ठालाई दिपावलीको रुपमा पालन गर्दै सोमबार साँझ रामभक्त श्रद्धालुहरूले दीयो बालेको थियो।

About Author

Advertisement