इण्डिया ओपनमा सात्विक-चिरागको जोड़ी उपविजेता

IMG-20240121-WA0236.jpg

नयाँ दिल्ली भारतका सात्विकसाईराज रंकीरेड्डी र चिराग शेट्टीको विश्वको नम्बर दुई जोड़ीले आइतवार इण्डियन ओपन सुपर ७५० ब्याडमिण्टन टुर्नामेण्टको फाइनलमा दक्षिण कोरियाका केंग मिन ह्युक र सियो सेयुंग जेइको जोड़ी विरुद्ध हारको सामना गर्नु पऱ्यो। सात्विक र चिरागको एशियाई र राष्ट्रमण्डल खेलहरूमा स्वर्ण पदक विजेता जोड़ीलाई पुरुष युगलको फाइनलमा केंग र सियोको विश्वको तेस्रो नम्बरको जोड़ीले एक घण्टा पाँच मिनटमा २१-१५, ११-२१, १८-२१-ले पराजित गऱ्यो। यसरी दक्षिण कोरियाई जोड़ीले दोस्रोपल्ट इण्डिया ओपनको खिताब जित्यो। भारत र कोरियाई जोड़ीबीच फाइनलमा शुरुदेखि नै रोमाञ्चक प्रतिस्पर्धा देखियो। पहिलो गेममा सात्विक-चिरागको जोड़ी ब्रेकसम्म ११-९-ले अघि रहेको थियो। त्यसपछि भारतीय जोड़ीले लगातार अंक बटुल्दै पहिलो गेम २१-१५-ले जित्यो। दोस्रो गेममा चाहिँ कोरियाई जोड़ीले लय हासिल गर्दै शुरुमै ५-१-को बढ़त हासिल गऱ्यो। त्यसपछि भारतीय जोड़ीले सक्दो प्रयास गरे पनि कोरियाई जोड़ीलाई २१-११-ले दोस्रो गेम जित्नदेखि रोक्न सकेन। तेस्रो तथा निर्णायक गेममा सात्विक र चिरागको जोड़ीले लगातार सहज गल्तीहरू गर्दा कोरियाई जोड़ीले ६-३-को बढ़त हासिल गऱ्यो। ब्रेकसम्म कोरियाई जोड़ी ११-६-ले अघि थियो। भारतीय जोड़ीले ब्रेकपछि स्कोर १०-१२ पुऱ्याए पनि कोरियाई जोड़ीलाई निर्णायक गेमसहित म्याच र खिताब जित्नदेखि रोक्न सकेन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement